SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ११:१० AM · 1 मिनेट पढाइ

आगामी आ.वमा थप १०४० मेगावाट विद्युत् प्रणालीमा जोडिने, निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरिने बताएका छन् । विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका जिज्ञासाको बिहीबार जवाफ दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाइएको उल्लेख गरे ।