SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

पासपोर्ट खरिद प्रकरणमा आरजुमाथि अख्तियारको छानबिन, देउवा निवासमा टाँसियो पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। अख्तियारको अनुसन्धान अधिकृतको टोलीले बूढानीलकण्ठस्थित देउवा निवास पुगेेर बयानका लागि उपस्थित हुनुपर्ने म्याद तामेल गरेको जनाएको छ।