SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

सरकारले यस वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति स्पष्टिकरण दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले एक वर्षे (सिङ्गल इयर) नभई बहुवर्षीय (मल्टी इयर) बजेट प्रणालीलाई प्राथमिकता दिएको बताए ।