प्रतिपक्ष एक ठाउँमा छ, तर सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन : रमेश मल्ल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिपक्षहरूले एक भएर आवाज उठाउँदा समेत सत्तापक्ष र सरकार सुन्न तयार नभएको टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै नेपाली कम्युनिस्ट पार्टीको सांसद रमेश मल्लले प्रतिपक्षीहरूको आवाज नसुनेर प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित भएको बताए । प्रधानमन्त्रीको उपस्थित खोज्दा नपाएको बताए । प्रधानमन्त्री आउने दिन असार १७ गते थाहा नपाएको स्मरण गरे । त्यसदिन सभामा प्रधानमन्त्रीले नियमावली विवपरित प्रश्नोत्तर चाहेको र सोही अनुसार सभा अगाडि बढेको बताए । त्यसक्रममा दिएको सीमा विवादबारे विवादास्पद अभिव्यक्तिमा पनि जवाफ माग्दा नपाएको बताए । विपक्षीहरूले एक भएर आवाज उठाउँदा समेत सरकारले नसुनिरहेको भनेर उनले प्रतिपक्षको नरमपनलाई कमजोरी नठान्न चेतावनी दिए ।
