SHARE
कालिका खबर · बिहीबार ४ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

सांसद हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भएको आशंका, ट्राफिक प्रहरीद्वारा छानबिन

काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको हुन सक्ने तथ्य फेला परेको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख जाँच गर्दा साम्पाङले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको देखिएको स्रोतले जनाएको छ। अभिलेखअनुसार उनले उक्त मितिमा आफ्नो श्रेणी ‘ए’ को लाइसेन्स जरिवानासहित नवीकरण गरेका थिए। तर त्यसपछि तोकिएको अवधिभित्र पुनः नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन्। लामो समयसम्म नवीकरण नभएको अवस्थामा प्रचलित कानुनअनुसार लाइसेन्स स्वतः रद्द हुने व्यवस्था रहेको छ।