SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

राहदानी छपाइ प्रकरणमा चार जना पक्राउ, सिद्धार्थ थापा कहाँ छन् ? जयवीरको नाम पनि चर्चामा

काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेको छ । आयोग स्रोतका अनुसार अनुसन्धानका क्रममा केही व्यक्ति फरार रहेका छन् भने आवश्यक सोधपुछका लागि बोलाइएका केही व्यक्ति सम्पर्कमा आएका छैनन् । अख्तियारले सोमबार महानिर्देशक अर्याललाई पक्राउ गरेको थियो ।