SHARE
कालिका खबर · बिहीबार ४ असार २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

दक्ष र अनुभवी कर्मचारी हटाउने प्रयासले राज्य कमजोर हुन्छ : डा. भीम रावल

काठमाडौं । नेकपा नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेका १० हजारभन्दा बढी कर्मचारीलाई हटाएर राज्यलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। एक कार्यक्रममा बोल्दै उनले विगतमा पनि राजनीतिक परिवर्तनपछि बाह्य शक्तिको प्रभावमा कर्मचारी कटौती गरिएका कारण राज्यका संस्थाहरू कमजोर बनेको उदाहरण प्रस्तुत गरे। उनले राज्य सञ्चालनमा अनुभवी जनशक्तिको महत्वपूर्ण भूमिका रहने भएकाले कर्मचारी कटौतीजस्ता निर्णय गर्दा दीर्घकालीन प्रभावलाई गम्भीर रूपमा विचार गर्नुपर्ने बताए।