SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

संगीता राईधरान (सुनसरी), असार ४ गते । साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् ।