SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका ४ प्रतिनिधिलाई बयानका लागि बोलाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ। आयोगले आज सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको हो। अख्तियारले पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा आबद्ध जर्मन कम्पनीहरु मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई बोलाएको हो।