SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले सरकारी कार्यालयमा क्षति, सेवा प्रवाह प्रभावित

गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो।