SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

संसद्को अनुभवपछि गाउँमै उद्यम, पूर्व सांसद श्रीसको कृषि यात्रा

कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाएका छन् । दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् ।