SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

विवाह गरी अमेरिका लैजाने प्रलोभनमा १५ लाख ठगी, दम्पती पक्राउ

विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका ३९ वर्षीय सञ्जीव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।