SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ, ‘रिवार्ड पोइन्ट’को प्रलोभन

आफूलाई ई–सेवाको कर्मचारी भन्दै सर्वसाधारणलाई झुक्याएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटका २२ वर्षीय शुभम साहलाई मंगलवार काठमाडौंबाट प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। साहले ‘रिवार्ड पोइन्ट’ रहेको भन्दै फोनमार्फत प्रलोभनमा पारी विभिन्न व्यक्तिको ई–सेवा खाताबाट रकम स्थानान्तरण गरेको पाइएको प्रहरीले जनाएको छ।