सशस्त्र प्रहरीको बन्दोबस्तीका सामान हेलिकप्टरमार्फत लाम्पाटा पुर्याइयो
श्री एयरलाईन्सको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपालको बन्दोबस्ती सामग्री लाम्पाटा पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको सामग्री बुधवार बाजुरा गुल्ममार्फत लाम्पाटा पुर्याइएको हो। उक्त क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा जेठ ३१ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ।
