आरेन राईको प्रश्न– जीबी राईलाई जहाँबाट पनि ल्याउँछौं भनेको होइन, खै ?
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको टिप्पणी गरे । रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएपनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरू अहिले मौन रहेको टिप्पणी गरे । राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उनको आशंका छ ।
