SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

एल–निनो असर : अझै भित्रिएन मनसुन, खडेरीको चिन्ता

सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष आगमनको निर्धारित मिति कटिसक्दा पनि मनसुनी प्रणाली भित्रिन सकेको छैन। प्रशान्त महासागरमा विकसित मौसमीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा चार दिन ढिलाइ भएको हो।