SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने खुस्बु ओलीको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत हुने अश्लील टिप्पणी, धम्की र साइबर बुलिङविरुद्ध कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्। उनले भनिन्, ‘मैले करिब ५० जना व्यक्तिको नाममा साइबर ब्यूरोमा उजुरी दिएको छु।