रास्वपा महाधिवेशन : राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यहाँ हुँदैछ। यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवद्र्धन समेत गर्नेछ। महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ।
