राहदानी छपाइमा अनियमितता प्रकरण : थप दुई जना अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जनालाईपक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् । उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको छ ।
