SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

चिया निर्यात समस्या समाधान गर्न सरकारले गम्भीर पहल गरिरहेको छ: कृषिमन्त्री

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् । बुधवार आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएकी हुन् ।