SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक

गण्डकी । गण्डकी प्रदेशका चार स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका छन् । दुई वर्षअघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले गण्डकीमा पहिलो पटक अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।