SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

चिया उद्योग बन्द गर्ने घोषणा

झापा । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’(एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँ स्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् ।