SHARE
कालिका खबर · बुधबार ३ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौं । नागरिक लगानी कोष र बीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। बुधबार सम्पन्न सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन तथा कार्यान्वयन नागरिक लगानी कोषले गर्नेछ।