जनकपुरमा ‘ट्राफिक सप्ताह’ शुभारम्भ: सडक सुरक्षा र प्रविधिमैत्री अनुसन्धानमा जोड
काठमाडौँ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ट्राफिक सप्ताह २०८३’ को विधिवत् शुभारम्भ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, मधेस प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रमको अवसरमा नगरमा जनचेतनामूलक प्रभातफेरी समेत गरिएको छ ।
