SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

तनहुँमा फोहर बिक्रीबाट २४ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्नब थालेको छ । नगरपालिकाले वि.सं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो । फोहरका रूपमा सङ्कलन गरी पुनःप्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।