SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन् । सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए ।