जनताको समस्याप्रति सरकार गम्भिर नभएको रास्वपाका सांसदहरुको गुनासो
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जनताका जल्दाबल्दा समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै सरकारको आलोचना गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले दुर्गम तथा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या समाधान हुने गरी बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
