SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।