SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

जलवायु नीति तथा लाभको वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्ने

काठमाडौं । जलवायु नीति तथा लाभको वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले कृषि, वन तथा पर्यावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रसँगको सहकार्यमा आयोजना गरेको जलवायु नीति तथा लाभ वितरण योजना तर्जुमामा आदिवासी जनजातिको भूमिका विषय अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले त्यस्तो बताएका हुन् ।