SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

बढुवा भएका तीन जर्नेलहरूलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका तीन अधिकृतलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी भूपेन्द्र सत्याल र मानार्थ उपरथीमा बढुवा भएका रोशन शमशेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।