SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल को पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्। बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरे। उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो ।