SHARE
कालिका खबर · बुधबार ३ असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

पीएमडब्लुएस सिजन ३ को उपाधि ट्रेन्ड्स टु किललाई, रु. ५० हजार पुरस्कार

काठमाडौं । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लुएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके) ले जितेको छ। ललितपुरको कुपण्डोलस्थित मा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो। टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि आफ्नो नाममा लेखायो। विजेता टोलीले ट्रफीसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) १०४ अंकसहित उपविजेता बन्यो। तीन वटा ‘चिकेन डिनर’ जितेको टोलीले नगद २० हजार रुपैयाँ प्राप्त गर्यो।