किसानलाई अनुदानमा मौरी घार वितरण
दमौली । जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ । कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
