SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

इण्डोनेसियाको मध्य सुलावेसीमा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इण्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी एजेन्सीले भूकम्पको पुष्टि गर्दै यसबारे जानकारी दिएको हो । एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलवार बिहान १०ः२७ बजे (०३ः२७ जीएमटी) उक्त भूकम्प गएको थियो ।