भारतीय दुतावासद्धारा त्रिविमा आयुर्वेद एक्स्पो, मनोवैज्ञानिक सुदृढताका लागि आयुर्वेदमाथि छलफल
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा आयुर्वेद एक्स्पो तथा विशेष सार्वजनिक व्याख्यान कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति, आयुर्वेद क्याम्पसका प्रमुख डा. शिव मंगल प्रसाद तथा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिवले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए। एक्स्पोमा विभिन्न आयुर्वेदिक उत्पादनका साथै आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने जडीबुटी तथा वनस्पतिहरू प्रदर्शनीमा राखिएका थिए।
