रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी
कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् । आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
