SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

भजनी। कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले नतिजामा आधारित अनुदान प्रदान गरेको छ । नतिजामा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर शैक्षिक गुणस्तर बढाउनका लागि त्यस्तो व्यवस्था लागू गरेको हो ।