SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजदेखि ५ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको ५ सय दरका नयाँ नोट राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै  ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याइएको छ ।