फिफा विश्वकप : इराकमाथि नर्वेको शानदार जित
एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्यो । २५ वर्षीय हालाण्डले विश्वकप डेब्यु खेलमै चम्कँदै राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५१ खेलमा ५७ पुर्याए ।
