SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

तातो तावाजस्तो सडक, खाली खुट्टामै विद्यार्थी

नरैनापुर : सुटबुटमा ठाँटिएर स्कुल जाने विद्यार्थी त धेरैले देख्नु भएको होला ? तर, जेठ–असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह्न नेपालगन्ज–सुइँया हुलाकी राजमार्ग हुँदै संवाददाता नरैनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कंदै थिए। १५ विद्यार्थीमध्ये ८ जना खाली खुट्टामा थिए। ७ जनाले चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन। अधिकांश साधारण चप्पलमा थिए।