SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

प्युठानमा भेलले बगाएका दुई दाजुभाइको शव फेला

प्युठान :  मंगलबार  विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएर बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ। नौबहिनी गाउँपालिका–५ का मिलन खत्री र विमल खत्रीको शव फेला परेको हो।काँटेमा रहेको जनता प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययनरत् बिमलको शव घटनास्थल जोगिपँधेरामै फेला परेको छ भने उनका दाजु (कक्षा ३ मा अध्ययनरत्) मिलनको शव करिब १ किलोमिटर तल फेला परेको स्थानीयले जनाएका छन्। बर्खे भेलले बगाएको खबर पाउनासाथ स्थानीय बासिन्दा र प्रहरीले उनीहरूको खोजी सुरु गरेका थिए।