मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।
