कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको कोशी प्रदेशस्तरीय ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ । कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
