लामो प्रतीक्षापछि विश्वकपमा नर्वेले पाएको खुसी
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको दोस्रो खेलमा नर्वेले इराकलाई ४-१ पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलको पहिलो हाफमा नर्वेले दुई एकको अग्रता बनाएको थियो। दोस्रो हाफमा नर्वेले दुई गोल थप गरेको हो।नर्वेको जितमा एर्लिङ हालान्डले २ गोल गरे। लिओ ओस्टिगार्डले १ गोल गर्दा, १ गोल आत्मघाती गोलको रूपमा उपहार नर्वेलाई प्राप्त भयो। इराकका लागि एमिन हुसेनले १ गोल फर्काएका थिए। खेलको २९ औँ मिनेटमा बायाँ तर्फबाट आएको क्रसलाई उत्कृष्ट फिनिस गरेका हुन्।
