SHARE
Samata Press · बुधबार ३ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

नेपाल दलित मोर्चाको प्रदेशदेखि केन्द्रसम्म नेतृत्व टुंगियो, १६ विभाग, सल्लाहकार र अनुशासन समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका सम्पूर्ण दलित संगठनलाई एउटै संरचनामा एकीकृत गर्ने उद्देश्यसहित आयोजित नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न भएको छ । ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधार, राज्यका सबै निकायमा दलितका लागि विशेष अधिकार’ भन्ने मूल नारासहित जेठ ३१ गतेदेखि असार १ गतेसम्म दुई दिन सञ्चालन भएको बैठकले संगठनको नयाँ नेतृत्व, प्रदेश संरचना, विभिन्न विभाग तथा समितिहरू गठन गर्दै व्यापक संगठनात्मक पुनर्संरचना गरेको हो । बैठकले दलजित श्रीपालीलाई संयोजक र रामअवतार पासवानलाई सहसंयोजक चयन गर्दै ५३३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । साथै संगठन सञ्चालनका लागि ६७ सदस्यीय सचिवालय गठन गरिएको छ । बैठकले अन्तरिम विधान पारित गर्नुका साथै आगामी फागुनको पहिलो साताभित्र राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनमार्फत स्थायी नेतृत्व चयन, भावी राजनीतिक कार्यदिशा तथा दलित आन्दोलनका प्राथमिकता तय गरिने जनाइएको छ । बैठकले सातवटै प्रदेश तथा एक संघीय सम्पर्क समन्वय समितिको नेतृत्व चयन गरेको छ। कोशी प्रदेश इन्चार्ज : नेत्र नेपाली सह-इन्चार्ज : मनकुमारी रसाइली संयोजक : हुकुम नेपाली सहसंयोजक : कृष्ण रसाइली मधेश प्रदेश इन्चार्ज : लवकुश बैठा सह-इन्चार्ज : बृजलाल पासवान संयोजक : रामआशिष दास सहसंयोजक : प्रथमलाल राम बागमती प्रदेश इन्चार्ज : रामलाल विश्वकर्मा सह-इन्चार्ज : दीपक विश्वकर्मा संयोजक : खेमबहादुर दर्जी सहसंयोजक : मनिषा बर्देवा गण्डकी प्रदेश इन्चार्ज : भीमबहादुर विक सह-इन्चार्ज : भीम रसाइली संयोजक : कुबिर विश्वकर्मा सहसंयोजक : दुर्गा नेपाली लुम्बिनी प्रदेश इन्चार्ज : कर्मलाल परियार सह-इन्चार्ज : रामकृष्ण विश्वकर्मा संयोजक : शशी परियार सहसंयोजक : दुर्गाबहादुर विक कर्णाली प्रदेश इन्चार्ज : रातो कामी सह-इन्चार्ज : सुरजकुमार परियार संयोजक : मनिषा गहतराज सहसंयोजक : दिनेश चदारा सुदूरपश्चिम प्रदेश इन्चार्ज : गोरख सार्की सह-इन्चार्ज : गोविन्द विक संयोजक : जगत विश्वकर्मा सहसंयोजक : चक्र विक संघीय सम्पर्क समन्वय समिति इन्चार्ज : अमर विक सह-इन्चार्ज : श्याम सुनार संयोजक : फत्तेमान परियार १६ विभाग गठन, जिम्मेवारी बाँडफाँट संगठनलाई विषयगत रूपमा सुदृढ बनाउन बैठकले १६ वटा विभाग गठन गरी नेतृत्व चयन गरेको छ । संगठन विभाग प्रमुख : शंकर दुलाल स्कुल विभाग प्रमुख : गणेश विक ‘ज्योति’ अन्तर्राष्ट्रिय विभाग प्रमुख : बसन्त विश्वकर्मा प्रकाशन, सूचना/सञ्चार तथा प्रविधि विभाग प्रमुख : पदम विश्वकर्मा संघ/संस्था समन्वय विभाग प्रमुख : टेकबहादुर विश्वकर्मा महिला विभाग प्रमुख : दुर्गा परियार महिला विभाग उपप्रमुख : टिका कुमारी विश्वकर्मा मधेश विभाग प्रमुख : श्रीप्रसाद पासवान घाइते, अपाङ्ग तथा अल्पसंख्यक विभाग प्रमुख : विनिता विक उपप्रमुख : मेखबहादुर विश्वकर्मा ‘पहाड’ पेशा तथा कला व्यवसायी विभाग प्रमुख : प्रतापप्रकाश न्यौपाने ‘दिपेश’ कला, साहित्य तथा संस्कृति विभाग प्रमुख : रणसिंह परियार अर्थ, योजना, उत्पादन तथा सहकारी विभाग प्रमुख : सानुभाइ मालबुल जनवर्गीय संगठन समन्वय विभाग प्रमुख : दर्शन नेपाली अध्ययन तथा अनुसन्धान विभाग प्रमुख : पुष्प वादी अध्ययन तथा अनुसन्धान विभाग उपप्रमुख : गोपाल नेपाली संसदीय मामिला विभाग प्रमुख : घनश्याम रिजाल युवा तथा विद्यार्थी विभाग प्रमुख : हरि नेपाली भूमिहीन तथा सुकुम्बासी विभाग प्रमुख : पार्वती आग्री सल्लाहकार र अनुशासन समिति पनि गठन बैठकले संगठनलाई वैचारिक मार्गदर्शन र अनुशासनको दायराभित्र सञ्चालन गर्न केन्द्रीय सल्लाहकार तथा अनुशासन समिति पनि गठन गरेको छ ।