SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ११:०० PM · 1 मिनेट पढाइ

इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती

काठमाडौं : इङ्ल्यान्डले यसपाली विश्वकप जित्ने हो भने, बुधबार मध्यराति क्रोएसियाविरुद्धको खेल कसैले बिर्सने छैनन् । किनभने थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको च्याम्पियन हुने बाटो यहीँबाट सुरु हुने हो । एटी एन्ड टी रंगशालामा हुने समूह ‘एल’को यो खेल नेपाली समयअनुसार १:४५ बजे हुनेछ ।इङ्ल्यान्डको पछिल्लो विश्वकप उपलब्धि १९६६ मा आएको होइन । उमेर समूहमा यु-१७ र यु-२० टोलीले सन् २०१७ मा विश्वकप उपाधि उचालेको थियो । तर, सिनियरतर्फ टोलीले उपाधिका लागि संघर्ष गरिरहनु परेको छ ।