पोर्चुगलको विश्वकप ग्लोरी अभियान, पहिलो खेल कंगोसँग
काठमाडौं : पोर्चुगलको विश्वकप ग्लोरी अभियान बुधबार डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग प्रतिस्पर्धा गरेसँगै सुरु हुनेछ । ह्युस्टन रंगशालामा हुने समूह ‘के’ को यो खेल नेपाली समयअनुसार राति १०;४५ बजे हुनेछ । सेलेसाओ दास क्विनासले अहिलेसम्म विश्वकप जितेको छैन । तर, यसपाली फ्रान्स र स्पेनसँगै पोर्चुगललाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ । किनभने यसपाली पोर्चुगलको स्क्वाड डेप्थ एकदमै बलियो छ । विश्वकपमा पोर्चुगलको सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि आएको थियो ।
