५ हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द, प्रक्रिया पूरा गर्न विभागको आग्रह
औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ। विभागले मंगलबार एक सुचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो। तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वत: रद्द हुने विभागले जनाएको छ।
