ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य
सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था गर्दै ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई दर्ता तथा नियमनको दायरामा ल्याएको छ । राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गरी नेपालभित्र सेवा दिने स्वदेशी तथा विदेशी ओटीटी प्लेटफर्मलाई अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था लागु गरिएको हो ।
