SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

ओलीको स्वीकारोक्ति, अरूको असन्तुष्टि

विराटनगर : नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा प्राप्त गरेपछि सुरु गरेको देशव्यापी निर्वाचन समीक्षा अभियान कोशी प्रदेशमा प्रवेश गरेको छ। प्रदेश राजधानी विराटनगरमा मंगलबारबाट सुरु भएको भेलामा पार्टीभित्रको असन्तुष्टि, संगठनात्मक कमजोरी, नेतृत्वको कार्यशैली र डिजिटल क्षेत्रमा देखिएको कमजोरीका बारेमा गम्भीर बहस भएको छ।